दफा १०७
असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा गभर्नर, डेपुटी गभर्नर, सञ्चालक वा बैंकका कर्मचारी वा विशेष प्रशासन समूह व्यक्तिगत वा सामुहिक रुपले जवाफदेही हुने छैनन्क । तर जानाजान वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा भने निजहरु व्यक्तिगत रुपमा जिम्मेवार हुनेछन । (२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको पालना गर्नको निमित्त असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराले हुन आएको वा हुने हानी नोक्सानीको सम्बन्धमा गभर्नर, डेपुटी गभर्नर, सञ्चालक वा बैंकका कुनै अधिकृत वा कर्मचारी विरुद्ध कुनै किसिमको मुद्दा परेमा त्यस्तो मुद्दाको खर्च बैंकले व्यहोर्नेछ । तर जानाजान वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा परेको मुद्दाको खर्च बैंकले व्यहोर्ने छैन ।